कार्यक्रम तथा बजेट तर्जुमा रणनीति र बर्तमान समयमा लघुवित्त कार्यक्रम संचालनमा देखिएका संभावना, चुनौती र अबसर सम्बन्धी अन्तरक्रिया कार्यक्रम


नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लि. धुलिखेल  काभ्रेपलाञ्चोकले मिति  मिति २०७६ जेष्ठ १६ १७ गतेका दिन आगामी ..२०७६/७७ को कार्यक्रम तथा बजेट तर्जुमा रणनीति बर्तमान समयमा लघुवित्त कार्यक्रम संचालनमा देखिएका संभावना, चुनौती अबसर सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको संचालनमा आएका सवै शाखा कार्यालयका कार्यालय प्रमुखहरुको प्रमुख अतिथि/अतिथि संचालक समितिका सदस्यज्यूहरुको उपस्थिति रहेको उक्त गोष्ठी कार्यक्रममा उप महाप्रबन्धक श्री दुर्गा प्रसाद न्यौपानेज्यूले कार्यक्रमको औचित्यता उपलब्धिका बारे प्रकाश पार्नु हुँदै स्वागत मन्तब्य प्रस्तुत गर्नु भयो प्रमुख अतिथि संचालक समितिका सदस्य श्री शारदा प्रसाद कट्टेलज्यूले अमूल्य सुझाब लगायत लघुवित्तले अबलम्बन गर्नुपर्ने निर्देशन प्रदान गर्नु भयो त्यसैगरी सोही कार्यक्रमा संचालक समितिका सदस्य श्री रिता अबालले सुझाबहरु प्रस्तुत गर्नु भएको थियो प्रबन्धक श्री माधबराज दाहालले सवै शाखा कार्यालयहरुको प्रगति÷समीक्षा संक्षेपमा प्रस्तुत गर्दै बजेट तर्जुमा रणनीतिक योजनाको अभ्यास गराउनु भयो

            उक्त गोष्ठीको दोस्रो दिनको पहिलो सत्रमा श्री रिलायबल लाईफ ईन्सुरेन्सका नायब महाप्रबन्धक श्री युवराज शर्माज्यूले लघु वीमा सम्बन्धी जानकारी प्रदान गर्नुहुदै गोष्ठीमा उठेका जिज्ञासाको उत्तर दिनु भएको थियो भने श्री आरएमडीसी लघुवित्त वित्तीय संस्थाका प्रबन्धक श्री भोलानाथ रेग्मीज्यूले बर्तमान समयमा लघुवित्त कार्यक्रम संचालनमा देखिएका संभावना, चुनौती अबसर सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गर्नु भएको थियो कार्यक्रममा एनआइसी एशियाका प्रतिनिधि मार्फत कर्मचारीहरुको बचत खाता सुविधा सम्बन्धी जानकारी दिइएको थियो गोष्ठमा अतिथि संचालक समितिका सदस्य श्री उमेश घिमिरेज्यूले लक्ष बमोजिम प्रगति हासिल गर्न प्रभावकारीरुपमा लघुवित्त कार्यक्रम संचालनन गर्न निर्देशन दिनु भयो कार्यक्रमको अन्तिम सत्रमा शाखा कार्यालयहरुको रणनीति योजनाको समीक्षा पश्चात लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतज्यूले दुई दिने गोष्ठीबाट उजागर भएका विषय बस्तु उपर निर्देशन सहित गोष्ठी विसर्जन गर्नु भयो